Sajhamanch Archive

अमेरिकामा तुफान, कम्तिमा २२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

अमेरिकामा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको छ । अलाबामा राज्यको ली काउन्टीमा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको र यसमा केही बालबालिका पनि रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

तुफानले घर तथा भवन भत्काएको र भग्नावशेषमा स्थानीय बासिन्दा फसेको जनाइएको छ । अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धार गरि अस्पताल लैजाने काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अलाबामाका गभर्नर के आइभीले आउँदा दिनमा मौसम थप खराब हुन सक्ने बताएका छन् । तुफानमा हावाको गति २२६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमता छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *