कर्णाली साकोसद्वारा स्व. चेङवाङको ऋण मिनाहा
Published:
by .गोलधाप । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ऋण मिनाहा गरेको छ ।
संस्थाको गोलधाम सेवाकेन्द्रका शेयरधनी सरीता चोङवाङको देहवसान भएको तेस्रो दिन श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले ऋण मिनाहको घोषणा गरेको हो । संस्थाले चोङवाङले तीर्न बाँकी रहेको १ लाख २६ हजार ऋण मिनाह गरेको जनाएको छ । त्यसैगरी संस्थाले मानोचामल स्वरुप १० हजार राहत रकम समेत उपलब्ध गराएको छ ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री टसबहादुर श्रेष्ठ, उपाध्यक्ष इश्वरी प्रसाद खरेल, सचिव भूपाल बस्नेत, ऋण उप समिति सदस्इ दिल केशर थापा, सेवाकेन्द्र प्रमुख सन्तोषकुमार श्रेष्ठ, कर्मचारीहरु र संस्थाका शेयर सदस्यहरुको उपस्थितिमा स्व. चङवाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका थिए ।
Comments