Sajhamanch Archive

लोकप्रिय बन्दै सामाजिक ग्रुप नेपाल हर्ट

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा बिर्तामोड स्थित एउटा सामाजिक ग्रुप नेपाल हर्ट पछिल्लो समय सबै माझ लोकप्रिय बन्दै गएको छ । झापाको बिर्तामोडमा मात्र नभएर अर्जुनधारा, बुद्धशान्ति , मेचीनगर लगायत झापाका विभिन्न स्थान र इलाममा पनि लोकप्रिय बन्दै गएको छ ।

बिगत ३ बर्षअघि स्थापना भएको यस सामाजिक ग्रुपले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । सामाजिक उत्तरदायी बनाउँदै सबैलाई सेवा गर्न उत्प्रेरित गरेको यस ग्रुपले मनिष बचाउ अभियानमा नगद् ८० हजार रुपैँया, बुद्धशान्तिका आशीष चौधरी बचाउ अभियानमा नगद् १३ हजार, इलामका दोर्जे तामाङ्ग घर निर्माणका लागि नगद् ६ हजार रुपैँया सहित श्रम दान, अर्जुनधाराका सार्कीबाको उपचार तथा घर निर्माणका लागि श्रमदान, अर्जुनधारामा रहेको लक्ष्मी प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण लगायतका विभिन्न सहयोग प्रदान गरेको छ ।

यसैबीच सोही ग्रुपले शनिबार बिर्तामोडमा भेला आयोजना गरि आफ्ना गतिविधिहरु प्रस्तुत गरेको छ । आयोजित भेलामा संस्थापक सदस्य बाबु मुर्मुले सामजिक सेवाको साथमा सदस्यलाई स्वरोजगार बनाउने बताउदै संस्थाका औचित्य माथी प्रकाश पारेका थिए । संस्थापक सदस्य सुजन लिम्बुले संस्थाको गतिविधिहरु र भावी योजनाहरु प्रस्तुत गरे । उनका अनुसार ग्रुपको भावी योजना अनुसार चाडै नै कनकाई नगरपालिका अन्र्तगत चम्पापूरका पान्डेय मुर्मुको घर निर्माण गरिने बताए । उता कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी गौरीमान राईले संस्थाका भाईबहिनीहरुको अभियानका क्रियाकलाव प्रसंशनीय रहेको भन्दै समाजमा व्याप्त विकृति विसङ्गती बिरुद्ध उभिन आग्रह गरे ।

प्रमुख अतिथि राईले संस्थाको उदेश्य समाजसेवा साथसाथै युवाहरुको शक्तिनै समाज परिवर्तनको कोषेढुङ्गा हुने बताए । सदस्य टिका लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुरज प्रधानले गरेका थिए । सामाजिक ग्रुपले गरिरहेका विभिन्न सामाजिक गतिविधिहरुले पुर्याएको योगदानका कारण सदस्य बन्ने क्रम पनि बढिरहेको छ । जसमा शनिबारको कार्यक्रममा नयाँ १६ जना सदस्यलाई स्वागत तथा सम्मान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *