Sajhamanch Archive

हावा हुरी प्रभावितलाई कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोग

Published: (Updated: ) in विविधा by .

कमल । गएको चैत्र १७ गते बारा जिल्लामा प्राकृतिक विपद् परेका पीडितलाई कमल गाउँपालिकाले राहत दिने भएको छ ।

गाउँपालिकाले प्राकृतिक प्रकोपमा परेकालाई १ लाख ११ हजार ४ सय १५ रुपैया प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको चैत १९ गते बसेको गाउँकार्यपालिकाको बैठकले हावा हुरीवाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा विस्थापितहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले एक दिनको बैठक भत्ता बापत हुन आउने रकम रु ५४ हजार ७ सय रुपैया दिइने भएका छन् । त्यस्तै गाउँपालिकाका सबै कर्मचारीहरुको एक दिनको तलव वापत हुन आउने रकम रु ५६ हजार ७ सात ९५ रुपैया गरी जम्मा रु १लाख ११हजार ४ चारसय ९५ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

बैठकमा विपदबाट मृत्यु भएका प्रति श्रद्धाञ्जलिसहित परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी घाइतहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको गाउँपालिकाले जनाएको छ ।