विकू सहकारीमा ‘क्यु आर कोड पेमेन्ट सिस्टम’ शुरु
Published:
by .नवलपरासी । यहाँको गैंडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्थाले थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ ।
विकूले वैशाख ११ गतेदेखि क्यु आर कोड पेमेन्ट सिस्टम (QR Code Payment System) को शुभारम्भ गरेको हो ।
विकूमा सदस्य रहेका व्यवसायी तथा प्रतिष्ठानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा यसै कोडको माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुने र नगद रकम तिर्नुनपर्ने संस्थाका प्रमुख अधिकृत माधव पौडेलले जानकारी दिए ।
यो सेवा नेपालको सहकारी ईतिहासमा नै पहिलो प्रयोग भएको पौडेलले बताएका छन् । २०४८ सालमा २६ जना सदस्यले १३ रुपैंयाको पुँजीबाट शुरु गरेको विकू सहकारीमा हाल ४ अर्बको पुँजी रहेको छ भने ५५ हजार सेयर सदस्य रहेका छन् ।
४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारीले सो जिल्लामा १२ वटा सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
Comments