शिवसताक्षीको झिलझिलेमा किसान कृषि सहकारीको उद्घाटन
Published:
by .दूधे । झापाको शिवसताक्षीमा किसान कृषि सहकारी संस्थाको उद्घाटन गरिएको छ । शिवसताक्षीको झिलझिले संस्थाको कार्यालय रहने गरी सोमबार एक कार्यक्रमका बीच उक्त सहकारी संस्थाको उद्घाटन गरिएको छ । सहकारीको क्षेत्र नं. ४ (क)का प्रदेशसभा संसाद झलकसिं दर्लामीले उद्घाटन गरेका हुन् ।
२८ जना उर्जाशिल युवाहरुबीच साझा उद्देश्य लिई समूह बनी सहकारीहरुको माझमा अलग पहिचान, कार्यक्षेत्र र उद्देश्यका साथ २०७१ सालमा नै दर्ता गरेको संस्थाका अध्यक्ष सनमकुमार सुब्बाले जानकारी दिए । उनले विविध कारण बस संस्था सञ्चालनमा ढिलो भएको समेत बताए ।
नेपाल कृषि प्रदान देश भएकाले पनि सहकारीले पशुपालन, नगदेबाली, व्यापार व्यवसाय र बचत तथा ऋणलाई कार्यक्षेत्र बनाई काम गर्ने बताइएको छ ।
किसानहरु माझ छरिएर रहेका स–साना पुँजीहरु संकलन गरी कृषिमा आधारित साना मझौला व्यवसाय गर्ने किसानहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्ने संस्थाका उपाध्यक्ष दिपेश रिजालले बताए ।
तरकारी तथा अन्य खेतीका लागी माटो परिक्षण गर्ने किसानहरुलाई आवश्यक पर्ने मल, उन्नत जातको विउ लगायत आवश्यक पर्ने कृषि सामाग्रीहरु संस्थाले उपलब्ध गराउने कार्यक्रममा बताइएको थियो ।
संस्थाले सदस्य बन्नकालागि आजैदेखि शेयर खुल्ला गरिएको जनाएको छ । उद्घाटनमा कार्यक्रमा नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, जग्गा धनीप्रमाण पत्रका अध्यक्ष राधाकृष्ण खनाल, धनबहादुर थेवे लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
Comments