Sajhamanch Archive

शिवसताक्षीमा २ सय ४० जनाले गराए निःशुल्क स्वास्थ्य परिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित चन्द्रडाँगीमा विहीबार २ सय ४० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

जेष्ठ नागरिक शिवसताक्षी नगरपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ९० बर्ष सम्मका २ सय २० जना र ९० बर्ष भन्दा माथिका २० जनाले स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी लिएका हुन् ।  शिविरमा निदान समाज नेपालको प्राविधिक टोलीले सहजीकरण गरेका थिए ।

जेष्ठ नागरिक शिवसताक्षी नगर कमिटीले यस् पश्चात २१ गतेसम्म नगरका विभिन्न स्थानमा शिविर संचालन गर्ने समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *