Sajhamanch Archive

बिर्तामोडको महानन्दचोकमा पनि एनएमसी

Published: in सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आज बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमाक्षेत्र महानन्दचोकमा आफ्नो ३४औँ कार्यालय उद्घाटन गरेको छ । बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन समारोहमा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको व्यवसायिक योजनाका बारेमा चर्चा गरेका थिए । संस्थाले आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्न छोटो दूरी तय गर्न परोस्, जसले उनीहरुको महत्वपूर्ण समय उपयोग गर्न सकुन् भनेर एनएमसीले सेवा केन्द्र तथा सम्पर्क कार्यालयहरु विस्तार गरिरहेको अध्यक्षको भनाई छ ।

हालैबाट प्रयोगमा ल्याएको एनएमसी स्मार्ट एपको सुविधा एक वर्षसम्म सबै सदस्यका लागि निशुल्क गरिएकाले लाभ लिन उनको आग्रह छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष लिङ्देनले सहकारी क्षेत्रलाई अझ बढी व्यवस्थित तरिकाले व्यवसायिक क्षेत्रमा लैजानका लागि नगरपालिकाले समेत जोड दिइरहेको बताए ।

सो कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमले एनएमसीले वित्तीय कारोबारसँगै डेरी उद्योग र उपभोक्ता भण्डारजस्ता सदस्य लक्षित अभियान सञ्चालन गरेर राम्रो काम गरिरहेको बताए ।

करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा एनएमसीका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको संक्षिप्त परिचय तथा वर्तमान अवस्थाका बारेमा प्रकाश पारेका थिए । बिर्तामोड कार्यालयगत समितिका सदस्य शान्ता रोक्काले स्वागत गरेको कार्यक्रमको सञ्ंचालन एनएमसी बिर्तामोड कार्यालय प्रमुख पारसचन्द्र भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *