Sajhamanch Archive

अमेरिकाद्धारा चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर

Published: in राष्ट्रिय समाचार, विविधा by .

अमेरिकाले चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर पारेको छ।

दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो। यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ सामानमा २५ प्रतिशत कर लिनेछ। ट्रम्प प्रशासनको यो निर्णयबाट चीनका इलेक्ट्रोनिक्स, मेसिनरी, कार पार्टस् र फर्निचर उत्पादकहरू प्रत्यक्ष मर्कामा पर्नेछन्।

सन् २०१८ को तथ्याकंअनुसार अमेरिकाले चीनसँग २५० बिलियन डलर भन्सार असुलेको थियो भने चीनले अमेरिकी सामानमाथि १२० बिलियन डलर कर लगाएको थियो। चीनले अमेरिकाको उक्त कदमप्रति खेद जनाउँदै उचित जवाफ दिनेु बताएको छ। तर उसको सम्भावित कदम प्रस्‍ट भइसकेको छैन। चीन सरकारले सम्वादबाट समाधान खोज्ने प्रयत्न जारी रहने जनाएको छ। दुई देशका प्रतिनिधिबीच वार्ता चलिरहेको अवस्थामा अमेरिकाले कठोर कदम चालेको हो।

अमेरिकाले आफूले पूर्वघोषित निर्णय कार्यान्वयन मात्र गरेको र त्यसले वार्तामा कुनै असर नपार्ने बताएको छ। छलफल शुक्रबार पनि जारी रहने एजेन्सीहरुले जनाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *