सिम्रिकले दियो स्वर्गीय लिम्बूको परिवारलाई मृत्यु राहत
Published:
by .कनकाई । बिर्तामोडमा मुख्य कार्यालय भई झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ५ वर्षे आवधिक खाताका सञ्चालकको मृत्युमा शनिबार राहत प्रदान गरेको छ ।
कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाका ५३ वर्षीय शेरबहादुर लिम्बूको परिवारलाई संस्थाले मृत्यु राहत प्रदान गरेको हो । शेरबहादुरको यही जेठ ३ गते निधन भएको थियो ।
संस्थासँगको वित्तीय कारोबार एवम् खाताको प्रकृति हेरेर सहकारीले सदस्य राहत दिने नीति बनाएको छ । स्व. लिम्बूको परिवारलाई सिम्रिकले १८ हजार २०० रुपैयाँ नगद राहत प्रदान गरेको हो ।
क्यान्सर रोगले संक्रमित शेरबहादुरको उपचारमा सहयोग पुगोस् भनेर गत वर्षमात्रै सिम्रिकले २५ हजार रुपैयाँ प्रदान गरेको संस्थाका विभागीय प्रमुख विजय बस्नेतले जानकारी दिए ।
सिम्रिक सहकारीका विभागीय प्रमुखहरु बस्नेत, कृष्णप्रसाद कडरिया, सहायक अधिकृत दर्शन थापा, सुरुङ्गा शाखाप्रमुख इन्दिरा भट्टराईसहित सिम्रिक साकोसको टोलीले स्व. लिम्बूको परिवारलाई राहत रकम प्रदान गरेका हुन् ।
Comments