Sajhamanch Archive

कर्णाली साकोसः ऋणिको मृत्यपछि २ लाख कर्जा मिनाहा, ४० हजार किरिया खर्च परिवारलाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बुद्धशान्ति सेवाकेन्द्रले आफ्ना सदस्य फारनी धिमाल निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने फारनीको वैशाख ३० गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको २ लाख ७ हजार १८० रुपैयाँ मिनाहा गरिदिएको हो । संस्थाले यसअघि धिमालको उपचारका लागि १ लाख ६० हजार सहयोग गरिसकेको थियो ।

स्वर्गीय धिमाल संस्थाद्वारा सञ्चालन गरेको विषेश उपचार कोषमा पनि आवद्ध भएकीले उपचार कोष निर्देशिका अनुसार काजकिरिया सहयोगस्वरुप परिवारलाई ४० हजार रुपैयाँसमेत उपलब्ध गराएको संस्थाका विभागीय प्रमुख विकास कोइरालाले जानकारी दिए ।

धिमाल परिवारलाई कर्जा मिनाहा तथा काजकिरिया सहयोग प्रदान गर्ने आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, सचिव भूपाल बस्नेत, विभागीय प्रमुखहरु मनहरि निरौला, विकाश कोइराला, बुधबारे कार्यालय प्रमुख रविन कार्कीलगायतको सहभागिता थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कमल उप्रेती, वडा नं. ३ का वडाध्यक्ष भिमकुमार श्रेष्ठ, वडासदस्यहरु, आदर्श सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तिलक रिजाल, फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखा प्रबन्धक हिरामणि सिलवालसहित संस्थाका कर्मचारीहरु र सदस्यहरुको उपस्थिति थियो ।

सहकारी संस्थाले एउटा सदस्यको लागि उपचार खर्च, काजकिरिया खर्च अनि संस्थालाई बुझाउन बाँकी लाखौं रुपैयाँ कर्जा मिनाहा गर्नेसम्मको कार्यले तिनले सामाजिक उत्तरदायित्वमा प्रसस्त ध्यान पुर्याउन थालेका पाइएको छ ।

आसपास सञ्चालित वाणिज्य र विकास बैंकले सामाजिक उत्तरदायित्वलाई उत्तिधेरै वास्ता नगरिरहेको सन्दर्भमा सहकारीका सदस्यले जन्मदेखि मृत्युसम्मका सुख दुःखमा साथ पाइरहेका छन् । यस्तै वातावरणीय एवम् पर्यावरणीय क्षेत्रमा पनि सहकारी संघ–संस्थाहरु क्रियाशील रहेको पाइन्छ । यस्तो सराहनीय कार्यले सहकारिताको प्रवद्र्धनमा अत्यन्त बल पुग्न थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *