शुक्रबार कनकाईमा एनएमसीकोे सुपर सिक्स क्रिकेट
Published:
by .झापा । एनएमसी खेलकुद समितिको आयोजनामा आठौं एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता जेठ १० गते कनकाई मावि सुरुंगाको खेल मैदानमा गरिने भएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको खेलकुद समितिले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । अन्तर सहकारी समन्वय तथा सम्बन्ध विस्तार र क्रिकेट खेलको विकास गर्नु प्रतियोगिताका मुख्य उद्देश्य रहेको एनएमसी खेलकुद समितिका सदस्य सचिव नबिन भण्डारी बताउँछन् ।
गतवर्ष झापा जिल्लाभरका १२ वटा सहकारी संस्थाबाट सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १४ टीमहरुको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताएका छन् । उनका अनुसार दमकबाट २, मेचीनगरबाट १, कनकाईबाट २, झापा गाउँपालिकाबाट १, बिर्तामोडबाट ४ र भद्रपुरबाट १, कमल गाउँपालिकाबाट १ तथा आयोजक एनएमसी खेलकुद समितिका २ टीम गरी १४ टीमको सहभागिता रहने छ ।
प्रतियोगिता बिहान ८ बजे सुरु भई बेलुकी ५ बजे समाप्त गर्ने कार्यतालिका बनाइएको छ । १४ टीम सहभागी हुने प्रतियोगितामा कूल १३ खेल हुनेछन् । प्रतियोगिताको विजेता तथा उपविजेता टीमले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्यट्समेनले ट्रफीसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सुरुंगा जेसीज तथा कनकाई सचेत युवा क्लबको स्थानीय व्यवस्थापन रहने प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्ने कार्यक्रम तय भएको छ ।
Comments