कर्णालीले गर्यो डेढलाख रुपैयाँ कर्जा मिनाहा, उल्टै ४० हजार किरिया खर्च पनि
Published: (Updated: )
by .बिर्तामोड । झापाजिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रले आफ्ना सदस्य गोमादेवी बरालको निधन पछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरिदिएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने बरालको जेठ ४ गते निधन भएकाले उनको नाममा संस्थाले दिएको कर्जामध्ये बाँकी रहेको एक लाख ३९ हजार ४१२ रुपैयाँ मिनाहा गरिदिएको हो । संस्थालेस्वर्गीय बराल संस्थाद्वारा सञ्चालन गरेको विषेश उपचार कोषमा पनि आवद्ध भएकीले उपचार कोष निर्देशिका अनुसार काजकिरिया सहयोगस्वरुप परिवारलाई ४० हजार रुपैयाँसमेत उपलब्ध गराएको संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले जानकारी दिए ।
बराल परिवारलाई स्वर्गीय गोमादेवीले लिएको कर्जा मिनाहा तथा काजकिरिया सहयोग प्रदान गर्न संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको नेतृत्वमा संस्था परिवार गएको हो । टोलीमा उपाध्यक्ष इश्वरीप्रसाद खरेल, विभागीय प्रमुख मनहरि निरौला, बिर्तामोड सेवाकेन्द्र प्रमुख मित्रबहादुर बस्नेतसहित कर्मचारीहरु गएका थिए ।
Comments