एनएमसी सुपर सिक्सको ट्रफी शुभेक्षाको कब्जामा
Published:
by .कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आयोजना गरेको आठौं एनएमसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुरुङ्गास्थित शुभेक्षा सहकारी संस्थाले चुमेको छ ।
जिल्लाका १४ वटा सहकारी संस्थाले सहभागिता जनाएको प्रतियोगितामा समावेशी सहकारी संस्था र शुभेक्षा सहकारी संस्थाले फाइनल प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे । दुईवटै फाइनलिष्टलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
फाइनलिष्ट टीमलाई पुरस्कार रकम, ट्रफी, प्रमाणपत्र र मेडल संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनाली र एनएमसी खेलकुद समितिका सदस्य तथा प्रतियोगिताका अध्यक्ष हरिप्रसाद तिम्सिनाले प्रदान गरेका हुन् ।
फाइनल खेलको म्यान अफ दि म्याच शुभेक्षाका दिपेन योगी भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी शुभेक्षाका चन्द्र भट्टराई, उत्कृष्ट बलर शुभेक्षाका दिपेन योगी र उत्कृष्ट व्याट्समेन शुभेक्षाकै चन्द्र भट्टराई घोषित भए ।
हरेक वर्ष सञ्चालन गरिँदै आएको अन्तरसहकारी क्रिकेट प्रतियोगिता जेठ १० गते सुरुङ्गामा आयोजना गरिएको थियो । एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको बलिङमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
Comments