Sajhamanch Archive

बाघको आक्रमणबाट सैनिक गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

चितवन । बाघको आक्रमणबाट चितवनमा नेपाली सेनामा कार्यरत एक सैनिक गम्भीर घाइते भएका छन्। कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विकलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्।

उनलाई शुक्रबार अपराह्‍न ड्युटीमै रहेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते विकलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पताल पुर्‍याए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।

उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *