Sajhamanch Archive

सुडानमा सेनाको दमनः नाइल नदीबाट निकालियो ४० शव

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

खार्तुम । सुडानमा विपक्षी कार्यकर्ताले सैनिक परिषदको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदर्शनकारीमाथिको हिंस्रक दमनका कारण सेनामाथि भरोसा गर्ने अवस्था अब नरहेको विपक्षी कार्यकर्ताले बताएका छन् ।

विपक्षी कार्यकर्ताले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको हिंस्रक आक्रमणमा कम्तिमा १०० जना मानिस मारिएको जनाएका छन् । राजधानी खार्तुममा नाइल नदीबाट ४० शब निकालिएको विपक्षीहरुले बताएका छन् ।

विपक्षी कार्यकर्तासँग सम्बन्ध राख्ने सुडानको चिकित्सकहरुको एक कमिटीले फेसबुकमा ४० जना शव नाइल नदीबाट निकालिएको जनाएको छ । सो कमिटीका एक सदस्यले बीबीसीलाई जनाए अनुसार उनी स्वयम्ले शवहरु देखेका हुन् । मारिनेको संख्या अहिले १०० पुगेको छ । नदीमा शव भेटिएका व्यक्तिलाई पहिला पिटिएको र त्यसपछि नदीमा फालिएको थियो ।

६ अप्रिलमा प्रदर्शनकारीहरुले ३० वर्ष लामो राष्ट्रपति उमर अल बशिरको सत्ता फालेका थिए । त्यसपछि अब सुडानको सत्ता कसको हातमा हुने भन्ने बारेमा प्रदर्शनकारीहरुले सेनासँग संवाद पनि गरेका थिए ।

तर, चुनाव कहिले गर्ने र पहिलाको सत्ताको संरचना चुुनाव अघि नै हटिसक्नुपर्ने विषयलाई लिएर सेना र प्रदर्शनकारीबीच अहिले विवाद भएको हो । यसैले गएको सोमबार यता सुडानमा पछिल्लो तनावको अवस्था उत्पन्न भएको हो ।

सुडानमा प्रदर्शनकारीमाथि सेनाले गरेको दमनको पश्चिमा विश्वले चर्को आलोचना गरेको छ । (बीबीसी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *