Sajhamanch Archive

युएईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ। तर कुन कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन्। मृतक र घाइतेलाई दुबईको राशिद अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।(एजेन्सी)

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *