Sajhamanch Archive

राजपाको नयाँ विधानको मस्यौदा यस्ता छन हेरफेर

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले केन्द्रिय कार्यसमितिको संख्या एक चौथाई घटाउने बैधानिक व्यवस्था गरेको छ ।

विधान संशोधनका लागि सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनेको समितिले तयार पारेर अध्यक्ष मण्डललाई बुझाएको मस्यौदामा केन्द्रिय कार्यसमितिको संख्या एक चौथाई भन्दा बढि घटाइएको छ ।

मधेस केन्द्रित ६ दल मिलेर राजपा बन्दा रहेको आठ सय १५ सदस्यीय केन्द्रिय कार्यसमितिको संख्या घटाएर एक सय ७१ सदस्यीय मात्रै बनाउने विधान निर्माण गरि पारित गर्नका लागि समितिले अध्यक्ष मण्डलमा पेश गरेको हो ।

विधानको मस्यौदामा केन्द्रीय महाधिवेशनबाट एकल नेतृत्वमा एक सय ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने व्यवस्था गरिएको छ । ७ बैशाख २०७४ मा मधेस केन्द्रित ६ दल मिलेर बनेको राजपामा अहिलेसम्म ६ सदस्यीय अध्यक्ष मण्डलबाट चल्दै आएको थियो ।

विधानले एक सय ३५ सदस्यीय रहेको पदाधिकारी संख्यामा पनि व्यापक कटौति गरेको छ । मस्यौदामा २२ सदस्यीय पदाधिकारी समिति बनाउने व्यवस्था गरिएको छ ।

मस्यौदामा अध्यक्ष – १, उपाध्यक्ष –७, महासचिव –३, सह–महासचिव– ७, कोषाध्यक्ष –१, सह–कोषाध्यक्ष –१, प्रवक्ता –३ गरी गरी २२ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरिएको छ । र, वरिष्ठ नेता आवस्यकता अनुसार राख्न सक्ने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ ।

बाँकी एक सय ४९ जना सदस्य रहने व्यवस्था विधानमा छ । केन्द्रीय कार्य समितिका ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत केन्द्रीय अध्यक्षले केन्द्रीय कार्य सम्पादन समितिको सिफारीसमा मनोनित गर्ने व्यवस्था छ ।

मस्यौदामा पार्टीका प्रादेशिक समितिका अध्यक्ष र भातृ संगठनका केन्द्रीय अध्यक्ष केन्द्रीय समितिमा आमन्त्रीत सदस्य हुने व्यवस्था गरिएकोछ ।

केन्द्रीय कार्य समितिको बैठक अध्यक्षबाट बोलाउने व्यवस्था गर्दै अध्यक्षले बैठक नबोलाएमा १ चौथाई केन्द्रीय सदस्यले बैठक बोलाउन लिखित आग्रह गर्न सक्ने व्यवस्था गरिएको छ ।

लिखित आग्रह गरिएको १५ दिन भित्र अध्यक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाउनै पर्ने व्यवस्था गरिएको छ । प्रदेशमा अध्यक्ष एक, उपाध्यक्ष ७, महासचिव २, सचिव ३, कोषाध्यक्ष १, प्रवक्ता १ गरी १५ सदस्यीय पदाधिकारी हुने छन् ।

प्रदेशमा ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित सदस्यको व्यवस्था गरिनुका साथै मस्यौदामा १९ ओटा भ्रातृसस्था, १२ विभाग, ११ सुभेच्छुक सस्था बनाउने उल्लेख छ ।

राजपाले राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, लैंगिक, भौगोलिकतथा जातिय, धार्मिक, सामुदायिक विभेद र शोषणलाई समूल अन्त्य गरी महिला, दलित, आदिवाशी जनजाति, मधेशी, थारु÷राना थारु, मुस्लिम, खसआर्य, पिछडिएको क्षेत्र, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक, पिछडावर्ग लगायतको निम्ति पहिचान र अधिकारयुक्त समानुपातिक समावेशी सिद्धान्तमा आधारित लोकतान्त्रिक संघीय गणतन्त्रात्मक समतावादी समाजको स्थापना गरी आधुनिक नेपाल निर्माण गर्ने उद्धेश्य राखेको मस्यौदामा उल्लेख छ ।

पार्टीको गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको सामान्य बहुमत हुर्ने व्यवस्था मस्यौदामा छ । कुनै .तहका समितिको निर्णय सहमतिबाट नभए उपस्थीत संख्याको बहुमतले गर्ने र बैठकमा मतसंख्या बराबर भए सम्बन्धित समितिका अध्यक्षद्धारा निर्णायक मत दिने व्यवस्था मस्यौदामा छ ।

विधान संशोधन गर्नु परेमा केन्द्रिय कार्य समितिकोे निर्णयले संशोधन, थपघट वा हेरफेर गर्ने र त्यसको अनुमोदनका लागि आगामी महाधिवेशनमा प्रस्तुत गर्नु व्यवस्था गरिएको छ । बाधा अड्काउ फुकाउने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई हुने हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

मस्यौदालाई अन्तिम रुप दिनका आज दिउसो एक बजे जनकपुरमा अध्यक्ष मण्डलको बैठक बस्दैछ । वैठकले पास गरेको विधान आगामी कात्तिक २८–३० मा जनकपुरमा हुने महाधिवेशनमा पेश गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *