कञ्चनपुरमा ११ करोड बढीको केरा बालीमा नोक्सानी
Published:
by .कञ्चनपुर । कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीका कारण रु ११ करोड बढीको केरा खेतीमा क्षति भएको छ ।
सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीमा केरा खेती गरेका किसानले हावाहुरीका कारण क्षति व्यहोर्नु परेको छ । केराको फल लागेको र फल लाग्न तयार भएका विरुवामा नस्ट भएका छन् ।
केरा खेतीमा संलग्न किसान सुरेन्द्र चौधरीले २१ विघा खेतमा लगाएको ९० प्रतिशत केराका बोट ढलेको बताए । खेतमा रोपेका २४ हजार केराका बोट ढलेका छन्ु उनले भने, ‘केराका बोट ढलेपछि रु ८४ लाख बढीको क्षति पुगेको छ ।’
टिस्यूकल्चर प्रविधिबाट तयार गरिएको केराको नर्शरीमा समेत क्षति पुगेको उनको भनाइ छ । कृष्णपुर नगरपालिका २ वाणिका कालिका कृषि समूहका अध्यक्ष इश्वर थापाले तीन विघामा लगाईएको केरामा हावाहुरीले क्षति पुर्याउँदा रु ३६ लाखको घाटा व्यहोर्नु परेको बताए ।
समूहको जम्मा गरेको पैसा र बैंकबाट ऋण लिएर केराखेती गरेका थियौँु उनले भने, ‘हावाहुरीले सबै सखाप पार्यो कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाको तीलकेनी, बेदकोटको बैतडा, कुष्णपुरको गुलरीयाका किसानको केरा खेतीमा क्षति पुगेको हो ।
जिल्लाको ५०० हेक्टर क्षेत्रफलमा लगाइएको केरामा मध्ये ९५ प्रतिशत बढीमा क्षति पुगेको छ । केरा खेतीसँगै हावाहुरीका कारण आँप, लिची, वसन्ते तरकारी खेती, सूर्यमुखीमा समेत करोडौँको क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख गोकुल बोहराले बताए ।
उनका अनुसार कैलाली र कञ्चनपुरमा गरी तरकारी खेतीका लागि बनाइएका प्लाष्टिकका तीन सय टनेलमा समेत हावाहुरीले क्षति गरेको छ ।
केरा खेतीसम्बन्धी कार्य गर्दै आएको संस्था इलम हेल्भीटासका टेक बहादुर सिंहका अनुसार कैलाली र कञ्चनपुरमा गरी तीन सय विघा खेतमा लगाइएको केरा खेतीमा नोक्सानी भएको छ । जस बाट रु २१ करोड बढीको नोक्सानी भएको छ ।
केरा खेती गर्ने ७५ प्रतिशत किसानले लागत मूल्यका आधारमा बाली बीमा गराएका भए पनि बाली लागेको र लाग्नै लागेको केरामा क्षति भएकाले किसानले लागत खर्चको आधारमा मात्रै बीमा दावी गर्न सक्छन् ।
उनले भने, ‘केरा हुर्काउन लागेको खर्च र बजारमा लगेर बेच्ने खर्च भने नपाउने हुँदा निकै घाटा व्यहोर्नु परेको छ ।
Comments