संघीय संसदका दुवै सदनको बैठक आज
Published:
by .काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आजका लागि बोलाइएको छ ।
सोमबार बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यसूची रहेको छ ।
बोल्न बाँकी सदस्यहरुले बोलिसकेपछि अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बिहान ११ बजे नै बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय शीर्षकमा विनियोजन गरिएको खर्चमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शिर्षकमा विनियोजि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयका लागि विनियोजि खर्च रकमलाई घटाउन खर्च कटौतिका लागि प्रस्तावहरु पेश गर्नेछन् ।
Comments