Sajhamanch Archive

विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा 

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by .

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछन्। दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्ने दाउमा छन्।

श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ। अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेशको २ अंक रहेको छ। बंगलादेश आठौं स्थानमा रहेको छ। श्रीलंका पनि दोस्रो जितको खोजीमा हुनेछ।

अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको श्रीलंकाको ३ अंक रहेको छ।

सोमबार वर्षाका कारण प्रभावित भएपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिजले एक–एक अंक बाँडेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *