Sajhamanch Archive

आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

नयाँ दिल्ली । भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बिहार सरकारको मन्त्रिपरिषद्ले आमा–बुवाको उजुरीका आधारमा सन्तानलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयसँगै अब छोराछोरीबाट प्रताडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता पनि हटेको छ । छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान गर्ने भएको छ ।

वृद्धाअवस्थाका आमा–बुवालाई प्रताडित गर्ने सन्तानमाथि कारवाहीका लागि बिहारमा २००७ मै कानुन निर्माण गरिएको थियो ।

तर, अहिलेसम्म उक्त कानुन अनुसार कुनै पनि जेष्ठ नागरिक फेमिली कोर्ट गएका छैनन् भने कुनै पनि व्यक्तिले आफ्ना सन्तान विरुद्ध उजुरी पनि दिएका छैनन् ।
द प्रिन्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *