Sajhamanch Archive

ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

कास्की । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

साथीसँग खेल्ने क्रममा घरको भर्‍याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *