Sajhamanch Archive

गुजरातमा चक्रवातको भय, तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने छ ।

‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा यतिबेला भारी बर्षा र तीब्र हावाको प्रकोप देखिएको छ ।

सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ । पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ ।

१० वटा जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *