Sajhamanch Archive

शिवपुरीमा तीनतिर केबलकार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी लगानीकर्ता र नेताहरु समेत लागिपरेका छन् ।

शिवपुरी ईको टुरिजम एन्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३/६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्याकंन अध्यनन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *