Sajhamanch Archive

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

मोरङ । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ ।

भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो ।

भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *