अवरुद्ध सडक पाँचौं दिनदेखि सुचारु
Published:
by .ताप्लेजुङ — पहिरोले सिरिजंघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ ।
गाउँपालिकाले स्काभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए ।
वर्षाका कारण सिरिजंघा वडा नं.१ सिनाममा पहिरो झरेको थियो । सडक अवरुद्ध भएपछि कञ्चनजंघा क्षेत्र र गाउँपालिका केन्द्र जाने र फर्कने यात्रुलाई समस्या भएको थियो । यो सडक भएर झापा बिर्तामोड र सदरमुकाम फुङलिङवाट सवारि चल्ने गरेका छन् ।
पाँचथरको फिदिम, इलाम पनि यही मार्ग भएर जान्छ । याम्फुदिन, मामांखे, खेवाङवाट आउने यात्रुलाई पहिरोका कारण समस्या भएको थियो । यो ठाउँ कच्चा भएकाले सडक घुमाउने प्रयास भइरहेको अध्यक्ष गुरुङले बताए ।
Comments