Sajhamanch Archive

कसले मच्चायो सुई आतंक ?

Published: in मिडियाबाट साभार, समाज by .

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् ।
प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राती ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।

पाँचवटै घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्रिले सुईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ ।
सुईजस्तै बस्तुले घोचेका भनिएका युवतीमध्ये तीनजना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् ।

अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले अहिलेसम्म केले घोचेको हो भन्नेबारे निष्कर्षमा नपुगिएको बताए ।
प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले सुईले नै घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *