Sajhamanch Archive

भोलि र पर्सी काठमाडौंमा मेहेन्दी महोत्सव

Published: in टिप्स/जानकारी, विविधा, समाज by .

काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको साउन महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो ।

आयोजक नेटवर्कका संस्थापक फाइजा परवीनले साउन महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन् ।

मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरुले सहभागीहरुलाई मेहेन्दी लगाई दिने जनाइएको छ ।

‘नेपाली समाजमा मेहेन्दीको विशेष महत्त्व छ, साउन महिनामा अझै धेरै प्राथमिकता दिइन्छ’ नेटवर्कका संस्थापक परवीनले भनिन् ‘त्यसैले धेरैभन्दा धेरै दिदी बहिनीहरुसँग मेहेन्दी लगाएर साउन महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको हो ।’

परम्परागत मूल्य र मान्यताको महत्त्वलाई अझ बढी प्रचार गर्न आवश्यक रहेको बताउँदै परवीनले मौलिक कला र संस्कृतिलाई बढावा दिन यस्ता कार्यक्रमको आयोजना गरेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *