Sajhamanch Archive

दुई किशोर तमोर नदीमा बगेर बेपत्ता

Published: in विविधा by .

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए ।

उनीहरुको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *