Sajhamanch Archive

देउवाकै जिल्लामा काँग्रेसको यस्तो हालत: पार्टी कार्यालयमै कुटाकुट

Published: in राजनीति, विविधा by .

डडेल्धुरा  । नेपाली काँग्रेस डडेल्धुराभित्र रहेको गुटबन्दी छताछुल्ल भएको छ । लामो समयदेखि काँग्रेसभित्र रहेको आन्तरिक गुटबन्दी अन्ततः कुटाकुटमा परिणत भएको छ ।

नेपाल महिला संघ केन्द्रिय तदर्थ समितिका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित पत्रले तत्कालिन उपाध्यक्ष कलावति बोहरालाई संयोजक तोकि पठाएको र जिल्ला पार्टी सभापति तथा प्रदेश सांसद कर्ण बहादुर मल्लले पार्टीमा कुनै आधिकारिक जानकारी नभएकोले महिला संघको जिल्ला अध्यक्ष कमला विष्ट नै रहेको बताउँदै आएका थिए ।

विवादकैबीच मंगलबार तत्कालिन उपाध्यक्ष बोहराको संयोजकत्वमा गठित तदर्थ समितिको बैठक पार्टी कार्यालयमा बस्ने गरि तय भएको र कार्यालय सचिव एवं जिल्ला सभापति कर्ण बहादुर मल्लका स्वकिय सचिवले बैठक कक्षको चावी नदिएपछि ताला तोडेर बैठक सुरु गरिएको थियो । बैठक सुरु भएको केही समयमै कार्यालय सचिव विष्ट बैठकमा उपस्थित भई महिला संघका पदाधिकारीहरुमाथि हातपात गरेका थिए ।

कार्यालय सचिव विष्टले बैठक कक्षमा रहेका कुर्चीहरुले प्रहार गर्दा महिला संघ डडेल्धुराका उप–संयोजक बसन्ती भण्डारीलाई गम्भीर चोट लागेको महिला संघकी नेतृ सरस्वति खड्काले बताइन् ।

कार्यालय सचिव विष्टले पार्टी केन्द्रिय कमिटीबाट कुनै आधिकारीक पत्र नआएकोले बैठक बस्नका लागि आफूल्ले कार्यालयको चाबी नदिएको बताए । पार्टीको आधिकारिक पत्र नआउँदासम्म नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष कमला विष्ट भएको भन्दै आफूले कार्यालयको चाबी दिन नमानेपछि जवरजस्ती कार्यालयको ताला तोडिएको उनको आरोप छ ।

गत असारको तेश्रो साता नेपाल महिला संघको केन्द्रीय समितिबाट जिल्ला कार्यसमितिलाई विघटन गरि तत्कालिन महिला संघका उपाध्यक्ष कलावति बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । तर, जिल्ला पार्टी सभापति कर्ण मल्ल पक्षधरहरुले भने महिला संघ विघटन गरि तदर्थ समिति बनेको पार्टीलाई कुनै जानकारी नआएको भन्दै कमला विष्ट नै महिला संघको आधिकारीक अध्यक्ष रहेको बताउँदै आएका छन् ।

कार्यालयमा कुटपिट भएपछि बुधबार महिला संघका संयोजकले कार्यालय सचिव राम विष्टले महिला संघका पदाधिकारीहरुमथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् भने कार्यालय सचिव राम विष्टले महिला संघका पदाधिकारीहरु विरुद्ध उजुरी दर्ता गराएका छन् ।

 

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *