विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड
Published:
by .काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५र७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ ।
गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए ।
बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।
रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।
कान्तिपुरदैनिक बाट ।
Comments