Sajhamanch Archive

‘म त छम्म छम्म’मा कभर डान्स प्रतियोगिता

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by .

अमेरिका । गायिका दिपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’को ‘विश्वव्यापी कभर डान्स प्रतियोगिता’आयोजना भएको छ । केही दिन अघिमात्र रिलिज गरिएको सो गीतको लागि ‘कभर डान्स प्रतियोगिता’को औपचारिक घोषणा गरिएको हो ।

अमासी राईको शब्द संगीतमा सजिएको ‘म त छम्म छम्म’को कभर डान्स प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आरविएनके डान्स स्टुडियोले जनाएको छ । प्रतियोगीहरुका लागि अगस्ट ३१ तारिखदेखि ढोका खुलिसकेको छ ।

जुनसुकै उमेर समूहको भएपनि २ वा २ जनाभन्दा बढीले नृत्य गरेर पूर्ण क्वालिटी एचडी भिडियो पठाउन आयोजकले आग्रह गरेको छ । प्रतियोगीहरुका लागि आगामी अक्टुबर २२ तारिकसम्म म्याद रहेकाले कलाकारले आफ्नो विवरणसहित भिडियो पठाउनुपर्ने आरविएनके डान्स स्टुडियोका प्रमुख तथा कोरियोग्राफर नरमान राईले बताएका छन् ।

युट्यूबको भ्यूज ४० प्रतिशत र जजको मूल्याङ्कन ६० प्रतिशतको आधारमा विजेता घोषणा गरिने भएकाले अक्टोबर २६ सम्मको भ्यूजलाई मात्र मान्यता दिइने जनाइएको छ ।

प्रतियोगिताको जजहरुमा कोरियोग्राफर तथा मोडल गम्भीर विष्ट, नेपाल–अमेरिका फिल्म आर्टिस्ट एसोसिएसनका प्रमुख नवराज श्रेष्ठ, आरबीएनके डान्स स्टुडियोका फाउण्डर तथा नृत्य प्रशिक्षक प्रकाश तामाङ, भक्त खड्का, प्रशिक्षक चन्द कार्की र अमासी राई रहेका छन् ।

प्रतियोगीहरुको विजेता कात्तिक २७ गते घोषणा गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *