एक्सपर्टको प्रतक्ष्य परामर्श सेमिनारमा उल्लेख्य सहभागिता
Published:
by .झापा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस बिर्तामोड शाखाले अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि भदौ ३० गते परामर्शमुलक सेमिनार सम्पन्न गरेको छ ।
सेमिनारमा आएका करिब सय जना विद्यार्थी र तिनका अभिभावकले अष्ट्रेलियाका विभिन्न १० वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग भेटेर प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका जनाइएको छ ।
सेमिनारमा उपस्थित भएका विद्यार्थीहरुले आफूले पढ्न चाहेको युनिभर्सिटी, कलेज, विषय, शुल्क एवम् अध्ययन सकेपछिको करियरका बारेमा जानकारी लिएका एक्सपर्टका बिर्तामोड शाखा प्रबन्धक कृष्ण खतिवडाले बताएका छन् ।
अष्ट्रेलियाको शैक्षिक नीतिमा समय समयमा परिवर्तन भइरहने भएकाले त्यहाँ जानुभन्दा पहिले नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी लिएरमात्र योजना बनाउनु पर्ने शाखा प्रबन्धक कृष्ण खतिवडाको भनाई छ । सोही आवश्यकतालाई सम्बोधन गर्न एक्सपर्टले हरेक वर्ष २–३ पटक यस प्रकारको सेमिनार आयोजना गर्ने गरेको पनि उनले बताए ।
अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी, टाफे, किवा कलेज, होम्स इन्स्टिच्युट, बक्सहिल इन्स्टिच्युट, ब्राइटन कलेज लगायतबाट आएका प्रतिनिधिहरुले सेमिनारमा सहभागी विद्यार्थीलाई सहजीकरण गरेका एक्सपर्टका एकदेव अधिकारीले जानकारी दिए ।
विगत डेढ दशकभन्दा बढी समयदेखि अष्ट्रेलिया केन्द्रित शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको एक्सपर्टले विश्वका विभिन्न देशहरुबाट हालसम्म करिब ५० हजार विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउने सेवा प्रदान गरिसकेको बताइएको छ ।
अष्ट्रेलियाका प्रमुख ८ वटा शहरमा आफ्नै कार्यालयहरु सञ्चालन गरेर एक्सपर्टले विद्यार्थीहरुलाई सेवा प्रदान गरिरहेको तथा नेपालको बिर्तामोडदेखि धनगढीसम्म कार्यालयहरु सञ्चालन गरेर नामजस्तै एक्सपर्ट सेवा प्रदान गरिरहेको अधिकारीले दावी गरेका छन् ।
Comments