Sajhamanch Archive

प्रदेश २ सरकारसँग नेपाल प्रहरी सशंकित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ।

नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिने गरी प्रहरी ऐन ल्याउन लागेको भन्दै नेपाल प्रहरीले आपत्ति जनाएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटर सो विषयमा प्रहरीको धारणा स्पष्ट पारिसकेका नागरिक दैनिकमा समाचार छ। संघीय प्रहरी ऐनको मस्यौदा केन्द्रमा छलफलकै क्रममा रहेको र अन्य प्रदेशले पनि संघीय प्रही ऐन नै कुरिरहेको अवस्थामा प्रदेश २ ले हतार गरेर प्रहरी सेवा ऐनको विधेयक प्रदेशसभामा पेस गरिसकेको छ।

‘ऐन ल्याउने, पास गराउने अधिकार प्रदेश सरकारलाई छ तर कस्तो विधेयक बन्यो भन्ने विषयले हामलाई झस्काएको छ।’ प्रहरी उच्च स्रोतले भन्यो, ‘त्यहाँ जे भइरहेको छ, त्यसबारे गृहमन्त्रीज्यू र सचिवज्यूलाई हाम्रो धारणा राखिसकेका छौं। सुरक्षा निकाय भएकाले अली बढी नै गम्भी बन्नु परेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *