Sajhamanch Archive

शेर्मा परिवारलाई मेघाले दियो ७ लाख रुपैयाँ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

शिवसताक्षी । मेघा बैंक नेपाल लिमिटेड शिवसताक्षी एक्सटेन्सन काउन्टरले २०७५ चैत्र ११ गते सवारी दूर्घटनामा परेर मृत्यु भएकी सुजना शेर्माको परिवारलाई ७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

स्वास्थ्य चौकी शिवगंजमा कार्यरत रहेकी शेर्माले उक्त बैंकमा कर्मचारी बचत खाता खोलेकी थिइन् । कर्मचारी बचत खाता अनुसार खातावालाको आकस्मिक मृत्यु भएमा ७ लाख रुपैयाँ परिवारलाई हस्तान्तरण गर्ने योजना अन्तर्गत शेर्मा परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको संस्थाका कर्मचारी दिनेश खतिवडाले जानकारी दिएका हुन् ।

मृतक शेर्माकी आमा अम्बिकालाई बैंकले कार्यालयमा नै आमन्त्रण गरी काउन्टरका इन्चार्ज पूजा अधिकारीले चेक हस्तान्तरण गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *