Sajhamanch Archive

डान्स बार : अर्धनग्न नृत्य र यौन अपिल !

Published: in टिप्स/जानकारी by .

काठमाडौं । आधुनिक सहरीकरणसँगै मनोरञ्जनका विविधताका विभिन्न व्यावसाय स्थापना हुनु स्वभाविक हो । काठमाडौं उपत्यकामा केही समय अघिदेखि चल्दै आएको डान्स बार व्यावसाय झन फस्टाएको छ । फस्टाउनुको साझा कारण हो– अर्धनग्न नृत्य र यौन अपिल !

विवादीत अभिनेत्री अर्चना पनेरु र उनकी आमा सुनिता पनेरुले काठमाडौंको गोंगबु बसपार्कमा डान्सबार खाले । नग्नता र उच्छृङ्खलता बिक्न छाडेपछि आमाछोरीले त्यसैको आडमा डान्सबारेको स्थापना गरे जहाँ नग्नतालाई वैधानिक हिसाबले प्रदर्शन गर्न पाइयोस् ।

अर्चनाको तस्बिर राखेर खोलिएको गोंगबुको उर्वशी डान्सबारको स्लोगन हो– ‘आऔँ–खाऔँ–पिऔँ–रमाऔँ, अर्चना पनेरुको साथमा । अर्चनाले डान्स पनि गर्दै आएकी छन् । खचाखच भरिने डान्सबारमा यौन अपिल पनि हुने गरेको एक ग्राहकले बताए । सुरेश (ग्राहक)ले भने,‘यहाँ रकम तिरेपछि सेक्सका लागि पनि डिल हुने गरेको छ । तर अर्चनाकै लागि त गरिएको छैन, अन्यसँग डिल हुन्छ ।’

सामाजिक सञ्जाल, इन्टरनेट च्यानल युट्युव र विभिन्न पोर्न साइटमा छाएकी अर्चनाका लागि डान्सबार चलाउन सहज नै देखिएको थियो । उनी केही अन्य बारहरूका लागि ब्रान्ड एम्बेस्डर पनि हुन् । पनेरू खुलेर आएकी युवती भए पनि यस्ता बारमा पनेरुजस्ता कयन युवतीहरूले रोजगारी गर्दै आएका छन् । तर यस्ता बारमा अर्धनग्न डान्समात्र होइन, आउने ग्राहकसँग रात काट्ने, समय बिताउने सँगै अन्य दिन कति रकममा कहाँ भेट्ने भन्नेसम्मका डिल हुन्छन् । अर्चनाको परिचय खुले पनि धेरैले परिचय लुकाउने गरेका छन् । ‘रुप पनि फरक बनाएर काम गर्नेहरूले राती डिल गर्ने, बिहान समय दिनेसम्म हुन्छ’, कबीर भन्छन्,‘मैले धेरै पटक डान्सबारका केटीहरूसँग मोबाइल नम्बर लिने र सम्पर्क गर्ने गरेको छु ।’

आफ्नो नाम थर र रूप पनि बदलेका युवतीले डान्सबारमा आउने ग्राहकको नम्बर लिन्छन् । जसले बढि खर्च गर्छ उसँग रात बिताउने बाहना मात्र होइन, भोलीपल्ट आउनका लागि निम्तो पनि दिने गरेका छन् । दिनेश भन्छन्,‘एक दिन रमाइलो गरेर फर्कियो भने भोलीपल्ट फेरि फोन गरेर बोलाउने र व्यापार बढाउने त यहाँको चलन नै रहेछ । मसँग यस्ता कयन नम्बरहरू छन् ।’

डान्स बार सञ्चालकको रणनीतिअनुसार नियमित ग्राहक बनाउने चलन समेत रहेको छ । सामान्य मुल्यका मदिरा उच्च भाउमा बेचेर अथाह रकम उठाउने चलन समेत रहेको छ ।

डान्सबारलाई मनोरञ्जन उद्योगको एउटा अंगका रूपमा मान्नका लागि सञ्चालकहरू संगठित भएका छन् । तर यस्ता ठाउँ मनोरञ्जनका नाममा यौन अपिलको आलयका रूपमा फस्टाउन थालेका छन् । काठमाडौं उपत्यकका चलेका ठाउँमा मध्यरातसम्म डान्सबार चलाउनका लागि अनुमतिपत्र भन्दा बढि प्रहरीसँगको साँठगाँठ बलियो हुने गरेको छ । चाहे त्यो सुन्धारामा होस् वा बागबजार, ठमेल होस् वा दरबारमार्ग ।

एक सञ्चालकका अनुसार प्रशासनको अनुमतिका आधारमा राती १२ बजेसम्म व्यावसाय गर्न पाइन्छ । तर अर्धनग्न नृत्य किन ? सञ्चालक भन्छन्,‘ग्राहकको मागअनुसारको सेवा दिनु हाम्रो दायित्व हो । ग्राहक जे चिजका लागि पैसा खर्च आउँछन् त्यही चिज उपलव्ध गराउनुपर्छ ।’ तर उनले डान्सबारमा यौनधन्दा चाहीँ नचलाएको दाबी गरे । ‘बारका केटीसँग कुरा मिलाएर को कहाँ जान्छ त्यसको ठेक्का हामीले लिएको छैन, हामी अवैधानिक र अश्लिल हर्कत गर्नचाहीँ यहाँ दिँदैनौं त्यसका लागि बाउन्सर राखेका पनि हौं’, उनले भने ।

त्यसो त डान्सबार बन्द गराउनका लागि २०६५ सालमा तत्कालिन गृहमन्त्री वामदेव गौतमको ठाडो आदेश भयो । त्यसपछि उपत्यकाका डान्सबारमा प्रहरीले कडाई गरेको थियो । कतिपय बन्द पनि भए । तर डान्सबारमा काम गर्ने युवतीहरूले तीनकुनेमा आन्दोलन गरेर गृहमन्त्रीविरुद्ध जुलुस नै निकालेका थिए ।

पेशाकर्मीहरूका अनुसार डान्सबार बन्द गर्ने भन्दा पनि नियमनमा राख्नुपर्ने दायित्व राज्यको रहेको बताउँछन् । मनोरञ्जन उद्योगका रूपमा स्थापना गरी त्यहाँ नियम राखियो भने रोजगारी पनि नगुम्ने र यौन कृयाकलाप पनि न्युनिकरण हुनसक्ने अनुमान अधिकारकर्मीले गरेका छन् ।

सामाजिक रूपमा विवादमा आए पनि डान्स बारहरू अहिलेका लागि १२ बजेसम्म खोल्ने प्रशासनिक अनुमति रहेको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विश्वराज पोखरेलका अनुसार अहिले डान्स १२ बजे र क्लवलाई २ बजेसम्म अनुमति रहेको छ ।

तर यस्ता व्यावसाय सञ्चालकहरूले रातैभर चलाउन पाउनुपर्ने भन्दै अदालतमा रिट समेत दायर गरेका थिए । जसमा अदालती कारबाही जारी रहेको बताइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *