Sajhamanch Archive

वृद्धाश्रम पठाउन खोज्दा ९२ वर्षीया वृद्धाले गरिन् छोराको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अमेरिकामा एक ९२ वर्षीया आमाले ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन्।

आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती एना नामकी आमाले छोरालाई गोली हानेकी हुन्। यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखमा भएको हो। एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन्। उनका अनुसार छोराको हत्या गरेपछि आफू पनि आत्महत्या गर्न चाहेको बताइन्। नाम नखुलाइएका छोराले आफ्नी आमासँग बस्न मुस्किल भएको भन्दै उनलाई वृद्धाश्रम लैजान चाहन्थे।

पुलिसका अनुसार घटना भएको दिन आमा आफ्नो छोराको कोठामा छिरिन्। उनको खल्तीमा पेस्तोलका दुईवटा गोली थिए। बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन्।

पुलिस जब घटनास्थल पुग्यो, त्यतिबेलासम्म छोराको मृत्यु भइसकेको थियो गोली उनको घाँटी र दातमा लागेको थियो। पुलिस घटनास्थलमा पुग्दा ती वृद्ध आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन्। उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने बताइन्। उनीमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *