Sajhamanch Archive

बाख्राको खोरमा आपत्तिजन अवस्थामा भेटेपछि फुपूद्वारा भदैको हत्या

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेकाे खुलेकाे छ । तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलार्इ एलिसाले बाख्राकाे खाेरमा अापत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाकाे हत्या गरेकाे प्रहरी भनाइ छ ।काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले  फुपू र मन्सुर मिलेर बालिकाकाे हत्या गरेकाे प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी दिए   ।

मन्सुर हत्या गरिएकी बालिकाको घरमा केही समयदेखि बस्दै आएका थिए । प्रहरीले हत्यामा संलग्न दुवैलाई पक्रेर अनुसन्धान थालेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *