Sajhamanch Archive

झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगार परामर्श दिइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श केन्द्र (समी) परियोजनाले झापामा १६ हजार ८ सय ८ जनालाई सुरक्षित रोजगारका लागि परामर्श सेवा दिएको छ ।

स्वीस सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ बाट सुरू गरेको यस परियोजनाले ३ वर्षे अवधिमा सो परामर्श सेवा प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा परियोजनाका झापा प्रमुख हरि मैनालीले दिएको जानकारी अनुसार यस आर्थिक वषृमा मात्र महिला ३ हजार ३ सय १८, पुरुष ५ हजार ३ सय ६० जनाले परियोजनाबाट परामर्श सेवा लिएका छन् ।

त्यसैगरी वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगिमा परेका ८३ जनालाई न्यय दिलाई ७२ लाख १४ हजार रकम फिर्ता तथा २७ जनाको पासपोर्ट फिर्ता दिलाउन सफल भएको मैनालीको भनाई छ । त्यस्तै ८१ जनालाई न्यायमा पहुँच, १ सय १७ जनालाई सीपमुलक तालिम प्रदान गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *