Sajhamanch Archive

दारी ग्याङको कोसेली असक्तता बालबालिकालाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । दारी ग्याङ झापाले अर्जुनधारा नगरपालिका वडा नं.६ स्थित अपांग बाल सरोकार केन्द्रका १० जना शारीरिक रुपमा असक्तता बालबालिकाहरुलाई सहयोग गरेको छ ।

दारी ग्याङ कतारका प्रतिनिधी सागर उप्रेतीको अध्यक्षतामा आयोजित सहयोग कार्यक्रममा अपागं बाल सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाल, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधी गोबिन धिमाल, प्रहरी जवान सुनिता मर्दि लगायतको आतिथ्यता रहेको थियो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि दारी ग्याङ कतारको संयोजनमा दारी ग्याङ झापा मार्फत आज लत्ताकपडा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको दारी ग्याङ झापाका सहसंयोजक गोकुल पौडेलले जानकारी दिए।

आगामी दिनहरुमा दारी ग्याङ कतारको संयोजनमा यस्ता विविद कार्यक्रमहरु आयोजना गरिने दारी ग्याङ कतारका प्रतिनिधि अनिस नेपालले बताए

दारी ग्याङ झापाका सदस्य सन्दिप प्रसाईँले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसंयोजक गोकुल पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *