Sajhamanch Archive

भूपाल बस्नेतको अनुकरणीय कार्य, एलिशाको डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

बिर्तामोड । अस्पताल रहँदा भएको उपचार खर्च भुक्तान गर्न नसकेर बन्दकजस्तै बनेकी कनकाई नगरपालिका ४ की एलीसा मगरको उद्धार गरिएको छ ।

बिर्तामोडमा स्थापित गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि सहयोगी मनहरुसँग हात पसारेर रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गराएको हो ।

गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतको नेतृत्वमा सुरुङ्गा बजारमा सहयोग संकलन गर्दा २९ हजार ३१५ रुपैयाँ जुटेकाले सो रकम अस्पतालमा तिरिदिएको हो ।

एलिशाको सम्पूर्ण उपचार खर्चमा अस्पताल प्रशासनले पनि सामाजिक उत्तरदायित्व अनुरुप भारी छुट गरी उनलाई डिस्चार्ज गरिदिएको अभियन्ता बस्नेतले साझामञ्चलाई जानकारी दिए ।

सुत्केरी ब्यथा लागेर बिर्तामोडको बि एण्ड सी अस्पतालमा भर्ना गरिएकी एलिशाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । बच्चाको स्वास्थ्य अवस्थाका कारण एनआइसियुमा ७ दिनसम्म राख्नु परेको तथा आमालाई पनि सुविधा सम्पन्न कक्षमा राखेर उपचार गर्दा ठूलो रकमको बील बनेको अस्पतालले जनाएको छ ।

श्रीमती र बच्चालाई अस्पतालमा नै छाडेर रकम जुटाउन निस्किएका एलिशाका श्रीमान अशोक मगर बेपत्ता भएपछि सुत्केरी एलिशा बन्धकजस्तै बनेकी थिइन् ।

तिहारका कारण अन्य अस्पतालहरुमा चिकित्सक नभेटेकाले बिर्तामोडको बि एण्ड सी अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकी एलिशा मगरको अपरेशन गरी भोलिपल्टै बच्चा निकालिएको थियो ।

आफूसँग भएको १४ हजार ५०० रुपैयाँ धरौटी राखेर अस्पताल भर्ना भएपनि थप रकम जुटाउन नसक्दा उनी अस्पतालमै बन्धकजस्तै बन्नु परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *