कुनै पनि हालतमा हामी झुक्ने छैनौं अनि लुक्ने छैनौ : नेविसंघ
Published:
by .काँकडभिट्टा । नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घ झापाले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।
नेविसङ्घ झापाले आज भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा चर्को नाराबाजी सहित विरोध प्रदर्शन गरेको हो । झापाका विभिन्न क्याम्पसबाट सयौं सङ्ख्यामा उपस्थित विद्यार्थाेहरुले भारतीय हस्तक्षेप मुर्दावाद , लिपुलेक कालापानी हाम्रो हो,टिस्टा काँगडा हाम्रो हो भन्ने जस्ता नारा लगाएका थिए ।
काँकडभिट्टाको हनुमान मन्दिरबाट शुरु भएको र्याली बजार परिक्रमा गरी मेची पुलमा कोणसभामा परिणत भएको थियो ।
उक्त विरोध सभालाई सम्बोधन गर्दै नेविसङ्घ झापाका प्रवक्ता सन्जय निरौलाले हाम्रो भुमिलाई कसैले गिद्दे नजर गाड्छ भने त्यसको आँखा झिक्न हामी गोर्खाली तयार छौं ।कुनै पनि हालतमा हामी झुक्ने छैनौं अनि लुक्ने छैनौ ।
त्यसैगरी नेविसङघ झापाका सभापति राजिन्द्र उप्रेतीले जबसम्म लिपुलेक र कालापानी हाम्रो हुँदैन तबसम्म हामी आन्दोलन गर्न तयार छौं । पुर्खा लडे नालापानी हामी लड्छौ कालापानी भन्दै भारतलाई चेतावनी दिए ।
उक्त कोणसभाको सञ्चालन नेविसङघ झापाका सचिव नारायण नेपालले गरेका थिए ।
Comments