पहिरोमा पुरिएर चार जनाको ज्यान गयो
Published:
by .कास्की । पोखरा महानगरपालिका वडा नं. २० मौजाबिसौनामा सडक बनाइरहेका चार जना मजदुरको पुरिएर ज्यान गएको छ ।
भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुमध्ये शव कस–कसको हो भन्ने खुलिनसकेको उनले बताए । सँगै काम गरिरहेकामध्ये दुई जना भाग्न सफल भएको पनि उनले जानकारी दिए । पहिरोमा पुरिएका भनिएका एक जनाको खोजी भइरहेको छ ।
उज्यालो
Comments