Sajhamanch Archive

६० वर्षपछि ढल्यो धरानमा कम्युनिष्टको विरासत

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

कांग्रेसका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरेका हुन् ।

कांग्रेसकका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गरे भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरेका छन् ।

धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रचेका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *