धुलाबारीमा सुवेदी र अधिकारीको काँकडभिट्टा कलेक्सन सञ्चालनमा
Published:
by .धुलाबारी । पछिल्लो समय युवा युवतीहरुको मागलाई मध्ये नजर गर्दै पुर्व क्षेत्रको मुख्य व्यापारिक केन्द्र धुलाबारी बजारमा काँकडभिट्टा कलेक्सन सञ्चालनमा आएको छ ।
ग्राहकहरुको मागलाई ध्यानमा राख्दै उक्त पसलको आज विधिगत रूपमा उद्घाटन गरिएको हो ।
झापाको मेचीनगर नगरपालिका वडा नं.७ निवासी युवा व्यवसायी सुरज सुवेदी र अनिल अधिकारीले करिब ५ लाखको लागतमा मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारी चोकबाट १०० मिटर उत्तरमा पसल सञ्चालनमा ल्याएका हुन् ।
आजबाट शुभारम्भ भएको उक्त पसलमा लेडिज, जेन्स सहित बच्चाहरुको कपडाहरु पाउनुका साथै पाटीसुज, स्पोर्ट्ससुज लगायत सम्पुर्ण किसिमका जुत्ता चप्पलहरु पाउन सकिने सञ्चालक सुरज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार पुरानो हङकङ मार्केट भनेर चिनिने धुलाबारी बजारमा पछिल्लो समयमा मानिसहरूको चलपल घट्दै गएकोले आफ्नै नगरमा व्यवसाय गरेर स्वदेशी उत्पादनको प्रयोग आत्मनिर्भरताको आधारको नारालाई आत्मसात गर्दै पसल सञ्चालनमा ल्याएको जानकारी दिए ।
आजभन्दा करिब ५ वर्षअघि १ लाख ५० हजारको लगानीमा काँकडभिट्टा पुटवर सञ्चालनमा ल्याएका युवा व्यवसायी सुवेदीले सात जनालाई रोजगारी समेत दिन सफल भएका छन् ।
यस पसलका संचालक सुवेदी काँकडभिट्टा बहुमुखी क्याम्पसका स्ववियु सभापति, नेविसंघ झापाका सहसचिव रहेका छन् यति मात्र होइन उनि बिभिन्न सामाजिक संघसस्थामा समेत आबद्द रहेका छन् ।
Comments