मालपोत कार्यालयका नासु र कार्यालय सहयोगी घुससहित पक्राउ
Published: (Updated: )
by .भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।
सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
अनलाइनखबर
Comments