कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्तै
Published:
by .काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विभागहरु गठन र भ्रातृसंगठनको भागबन्डाका विषयमा थप छलफल हुँदैछ। गत मंसिर २६ गते शुरु भएको बैठकमा महाधिवेशन र विभाग गठनका विषयमा छलफल भएपनि सस्थापन पक्ष र सस्थापन बाहेकका समुहबीच सहमति जुट्न सकेको छैन्।
सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनको कार्यतालिका ल्याउन तयार भएपनि विभाग गठन, तरुण दल र नेविसंघको भागबन्डाका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य समूहसँग समझदारी जुटेको छैन्। यस विषयमा संस्थापन बाहेकका समुहले एकमत बनाउन भन्दै छलफलमा जुट्दै आएका छन्।
अस्ति र हिजो दिनभरजसो छलफल गरेको पौडेल समुहको आज पनि छुट्दै बैठक बस्दैछ।
पौडेल निवास बोहोराटारमा विहान साढे ११ बजे बस्ने बैठकमा नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकासमान सिंह, शशांक कोइरालालगायतबीच आगामी महाधिबेशन, विभिन्न विभाग गठन र भ्रातृ संगठनका बिषयमा एकमत बनाउने बारे छलफल गर्ने तयारी भएको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए।
सभापति देउवा पक्षले पनि छुट्टै छलफलको तयारी गरेको उनका सहयोगी भानु देउवाले जानकारी दिए। केन्द्रिय समिति बैठक दिउँसो १ बजे केन्द्रिय कार्यलय सानेपामा बस्नेछ।
Comments