Sajhamanch Archive

सिमेन्ट उद्योग खोल्न क्यानेडियन लगानीकर्ताको प्रस्ताव

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालमा सिमेन्ट उद्योग खोल्न क्यानेडियन लगानीकर्ताले प्रस्ताव गरेका छन्। उद्योग विभागमार्फत लगानीकर्ताले उक्त प्रस्ताव गरेका हुन्।

प्रस्तावअनुसार कैलालीमा ५० करोड लगानीमा सिमेन्ट उद्योग खोलिने भएको छ। उद्योगले पिपिसी र ओपिसी दुवै सिमेन्ट उत्पादन गर्ने उल्लेख छ।

उद्योगको वार्षिक उत्पादन क्षमता १६ सय टिपिडी रहेको छ।

उद्योग सञ्चालान आएपश्चात ७० जनाले रोजगार पाउनेछन्।

पछिल्लो समय नेपालमा ठूल्ठूला सिमेन्ट उद्योग खुल्दै गएका छन्। नेपाल लगभग सिमेन्ट आत्मनिर्भर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सिमेन्टको उत्पादन क्षमता भने वार्षिक १४ लाख ९६ हजार मेट्रिक टन पुगेको छ।
सेतोपाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *