Sajhamanch Archive

अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान: प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान गरेका छन् ।

देशमा ठूला–ठूला परिवर्तन भएपनि हुन नसकेको एउटै कुरा आर्थिक विकास रहेको प्रचण्डको ठम्याइ छ ।

बिहीवार चितवनमा हात्ती महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको मामिलामा एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

‘देश २००७ सालदेखि राजनीतिक अराजकतामा गयो, हामीले ठूला ठूला राजनीतिक परिवर्तन गर्‍यौं, तर अझै नसकेको कुरा विकास हो । हामी नेपाली राष्ट्रिय स्वाधीनताको मामलामा एक ठाउँमा छौं । एक इञ्च भूमि मिचेको सहन सक्दैनौं,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *